विद्यार्थीकाे प्रत्यक्ष उपस्थितिमा कक्षा १२ को परीक्षा सञ्चालन (फाेटाे फिचर)


३० भदौ, काठमाडौं । यस वर्षको कक्षा १२ को परीक्षा बुधबार शुरु भएको छ । बुधबारबाट कक्षा १२ को परीक्षा शुरू भएको हाे । कोरोना महामारीका कारण दुई पटक स्थगित भएको परीक्षा बुधबारदेखि सञ्चालन भएको हो । परीक्षार्थीले यस वर्ष पनि गत वर्षजस्तै होम सेन्टर अर्थान आफू अध्ययनरत स्कुलबाटै परीक्षामा सहभागी भएका छन् । परीक्षामा सहभागी सबै विद्यार्थीलाई कोभिडविरुद्धको खोप लगाएपछि परीक्षा सञ्चालन हुने भएको हो ।

यसअघि दुईपटक स्थगित गरिएको परीक्षा आजबाट शुरु हुन लागेको हो । राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव दुर्गा अर्यालका अनुसार असोज ८ गतेसम्म सञ्चालन हुने परीक्षामा ३ लाख ७४ हजार ४ सय १३ परीक्षार्थी सहभागी हुँदै छन् ।

कोरोना भाइरस महामारी अझै रहेकाले स्वास्थ्य सावधानी अपनाएर परीक्षा सञ्चालन गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बुधबार कक्षा १२ को परीक्षा सञ्चालन भएको विद्यालयमा पुग्दा विद्यार्थीहरु उत्साहित देखिन्थे । झण्डै पाँच महिनासम्म रोकिएको परीक्षा दिन पाउँदा उनीहरु खुशी थिए । सबैले मास्क लगाएका थिए । विद्यालयमा ज्वरो नाप्ने, हात धुनेलगायतका स्वास्थ्य सुरक्षा सावधानीका उपाय अपनाइएको छ ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले इन्टरनेट नपुगेका १ सय १३ केन्द्रमा प्रश्नपत्र पठाइएको र बाँकी केन्द्रमा परीक्षा हुनु आधा घण्टाअघि इमेलमार्फत प्रश्नपत्र पठाइने बताए ।

हेर्नुहोस् तस्वीरहरु:

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessclass 12CoronavirusCovid19digital khabardigitalkhabareduicationExamhealthInternationalnepalNewsPolitic
Comments (0)
Add Comment