अफगानिस्तानः ठूलो मानवीय सङ्कट आउन लागेको राष्ट्रसङ्घको चेतावनी, सहयोगका लागि अपील

२८ भदाै. बीबीसी । संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानमा ठूलो मानवीय सङ्कट आउन लागेको चेतावनी दिँदै त्यहाँ सहयोग उपलब्ध गराउन ६० करोड अमेरिकी डलर सङ्कलन गर्न खोजेको छ।

राष्ट्रसङ्घले सोमवार जिनिभामा आयोजित एउटा सम्मेलनमा अन्तर्राष्ट्रिय दाताहरूसँग सहयोग आह्वान गर्न लागेको छ।

गत महिना तालिबानले अफगानिस्तानको सत्ता आफ्नो हातमा लिएको थियो।

“अफगानहरूलाई तत्कालै खाना, औषधि, स्वास्थ्यसेवा, सुरक्षित पानी [र] सरसफाइ चाहिएको छ,” राष्ट्रसङ्घले भनेको छ।

साठी करोड डलर उपलब्ध भए दशौँ लाख मानिसलाई राहत पुग्ने उसले जनाएको छ।

“त्यो देश एकदमै दारुण स्थितिमा छ अनि लामो द्वन्द्व, गम्भीर सुक्खा र कोभिड-१९ को महामारीबाट ग्रस्त छ… अनि देशको झन्डै आधा जनसङ्ख्या पहिल्यै सहायता आवश्यक पर्ने अवस्थामा थियो।”

अहिलेको राजनीतिक परिवर्तनपछि उनीहरूको जोखिम झन् बढेको जनाउँदै राष्ट्रसङ्घले एउटा विज्ञप्तिमा भनेको छ, “नगद अभाव हुँदा अर्थतन्त्र बिस्तारैबिस्तारै रोकिने अवस्थामा पुगेको छ। महिला र बालिकाको अधिकारबारे चिन्ता बढेको छ।”

अन्तर्राष्ट्रिय समुदायसँग सहयोग माग्दै राष्ट्रसङ्घले तालिबानलाई सहयताकर्मीलाई नरोक्न आह्वान गरेको छ।

अतिवादी तालिबान लडाकुहरूले अफगानिस्तानमा नियन्त्रण कायम गर्नुअघि नै द्वन्द्वका कारण साढे पाँच लाख मानिस आफ्नो वासस्थानबाट विस्थापित भएका थिए।

अहिले अफगानिस्तानमा आन्तरिक रूपमा विस्थापित भएको मानिसको सङ्ख्या ३५ लाखजति छ।

अफगानिस्तानमा लाखौँ मानिस विस्थापित भएका छन्

सोमवारको सम्मेलनमा राष्ट्रसङ्घका शीर्ष अधिकारीहरू तथा रेड क्रसजस्ता सहायता प्रदान गर्ने संस्था र विभिन्न देशका सरकारका प्रतिनिधिहरू सहभागी हुनेछन्।

राष्ट्रसङ्घले सङ्कलन गर्न खोजेको रकमको एकतिहाइ भाग विश्व खाद्य कार्यक्रमलाई उपलब्ध गराइनेछ।

यसैबीच राष्ट्रसङ्घको शरणार्थी हेर्ने निकाय यूएनएचसीआरका प्रमुख फिलिपो ग्र्यान्डीले आफू “देशको मानवीय आवश्यकता तथा ३५ लाख विस्थापित अफगानको अवस्था बुझ्न” अफगानिस्तान पुगेको जानकारी ट्विटरबाट दिएका छन्।

तालिबानले अगस्ट १५ मा काबुलमा कब्जा जमाएपछि हजारौँ मानिस देश छोडेर भागेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ,

तालिबान फेरि आएपछि अफगान महिलाहरू के भन्छन्

‘म जीवित छु’

तालिबानका सहसंस्थापक तथा भर्खरै गठन गरिएको सरकारका उप्रधानमन्त्री अब्दुल गनी बरादरले एउटा अडिओ विज्ञप्ति जारी गर्दै आफू जीवित रहेको बताएका छन्।

सामाजिक सञ्जालमा उनको मृत्यु भएको दाबी फैलिएको थियो।

“म सधैँ यात्रामा हुनुछ,” उनले भनेका छन्, “म अहिले जहाँ छु हामी सबै ठिक छौँ – मेरा सबै दाजुभाइ र साथीहरू।”

तालिबानका वेबसाइटहरूमा प्रेषित उक्त श्रव्य सामग्रीको आधिकारिकता बीबीसीले पुष्टि गर्न सकेको छैन।

तालिबानको तीव्र आरोह

  • एप्रिल: अमेरिकी राष्ट्रपतिद्वारा अफगानिस्तानबाट आफ्नो सेना बाहिरिने घोषणा। मे महिनाबाट सुरु भएर सेप्टेम्बरसम्ममा सकिने लक्ष्य राखिएको उक्त प्रक्रियाले अमेरिकाको सबैभन्दा लामो युद्ध समापन गराउने बताइएको थियो
  • मे: तालिबानद्वारा दक्षिणी हेलमन्द प्रान्तमा भीषण आक्रमण। अन्य प्रान्तमा पनि आक्रमणको सुरुवात
  • जुन: तालिबानले ३७० मध्ये ५० भन्दा बढी जिल्ला नियन्त्रणमा लिएको अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूतको भनाइ। उत्तरी भागमा तालिबानको शृङ्लाबद्ध आक्रमण
  • २१ जुलाई: एक वरिष्ठ अमेरिकी जेनरलका अनुसार लगभग आधा जिल्लाहरू तालिबानको नियन्त्रणमा
  • ६ अगस्ट: लडाकु समूहद्वारा जारान्ज कब्जा, तालिबानको पकडमा गएको पहिलो प्रान्तीय राजधानी
  • १३ अगस्ट: दोस्रो ठूलो सहर कान्दहारसहित अन्य चार प्रान्तीय राजधानी तालिबानको नियन्त्रणमा
  • १४ अगस्ट: उत्तरी सहर मजार-ए-शरिफमाथि तालिबानको कब्जा
  • १५ अगस्ट: युद्धबिनै प्रमुख पूर्वी सहर जलालाबाद तालिबानको कब्जामा
  • ७सेप्टेम्बर: तालिबानद्वारा नयाँ सरकार घोषणाब
RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

AfghanistanbusinessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPoliticTalibanTaliban WomentechnologyWomen
Comments (0)
Add Comment