नेप्सेमा सामान्य अकंको बृद्धी :आज ९ अर्ब २९ करोड बराबरको कारोबार ठमा

२८ भदौ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार झिनो अंकले बढेको छ । आज नेप्से ०.२७ अंकले बढेर दुई हजार ९ सय ४७ दशमलब ७० विन्दुमा पुगेको हो । त्यस्तै, आज ९ अर्ब २९ करोड बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका तीन कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा अजोड इन्स्योरेन्स लिमिटेड, मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था र सानिमा लाइफ इन्स्योरेन्स रहेका छन् । यी कम्पनीको शेयरमुल्यमा आज पोजेटिभ सर्किट लागेको छ ।

त्यस्तै, कालिका पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज करिब ७ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपार डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज ६१ करोड भन्दा बढीको कारोबार भएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarLockdownnepalPolitictechnology
Comments (0)
Add Comment