राष्ट्रपति बाइडेनद्वारा ९/११ को आतङ्कवादी घटनामा मारिएका प्रति श्रद्धाञ्जलि व्यक्त

२६ भदाै, एजेन्सी । राष्ट्रपति जो बाइडेनले ९/११ को आतङ्कवादी घटनामा मारिएका प्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ। राष्ट्रपति बाइडेनले राष्ट्रका नाममा सम्बोधन गर्दै उक्त हमलापछि त्रास र आतङ्ककाविरुद्ध सृजनामा भएको एकता र सहकार्यको भावनालाई पुनः जागृत गराउन आह्वान गर्नु भएको छ। आजभन्दा ठीक २० वर्ष पहिले अमेरिकाले बेहोरेको कुख्यात र अत्यन्त दर्दनाक आतङ्कवादी हमलाको बेला बाइडेन सिनेटेर हुनुहुन्थ्यो भने अहिले देशको सर्वोच्च नेतृत्वमा हुनुहुन्छ।

राष्ट्रपति बाइडेनले उक्त हमलामा विमानहरू दुर्घटना गराइएको तीन स्थानमा श्रद्धाञ्जलि र सम्मान अर्पण गर्ने तय भएको थियो तर उहाँले बीचमै सम्बोधन छोट्याएर अरुलाई कार्यक्रम हस्तान्तरण गर्नुभएको तियो ।


यसै बीच शुक्रवार अबेर ह्वाइट हाउसले रेकर्डेट भाषण जारी गर्दै वास्तविक मूल्यको राष्ट्रिय एकता र बहादुरीको पक्षमा रहन सबैमा आह्वान गर्नु भएको छ। उक्त कुख्यात छटनापछि राष्ट्रिय एकता र बहादुरी सबै अपेक्षित र अनपेक्षित स्थानमा उत्तिकै महत्त्वपूर्ण रहेको बताउँनुभएको छ।

राष्ट्रतपि बाइडेनले उक्त घटनापछि आफूले सिकेको सबैभन्दा ठूलो पाठ ‘एकता नै ठूलो शक्ति हो’ भन्नुभएको छ। शुक्रवार राति राष्ट्रपति बाइडेन ९-११को घटनाको स्मरणमा न्युयोर्क आइपुग्नुभयो । यहाँको आकाशमा बत्तिहरू दुःख व्यक्त गर्ने किसिमले सजाइएका थिए । उक्त अवसरमा जुम्ल्याहा ट्रेड टावरहरू त्रस्त देखिएको दृष्य टेलिभिजनमा देखाइएका थिए।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

AmericabusinessCoronavirusdigital khabarhealthIraqLockdownnepalNewstechnologyUSA
Comments (0)
Add Comment