सामूहिक बलात्कार आरोपमा तीन पक्राउ

२६ भदाै, रूपन्देही । दाङको बंगलाचुली गाउँपालिका वडानम्वर ७ बिर्खेमा एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

तीजको दरखाने दिन राति बिर्खेमा नाच हेरेर बिहान ३/४ बजेको समयमा घर जाँदै गरेकी १८ वर्षीया किशोरीलाई सामूहिक करणी गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पीडित युवतीको जाहेरीको आधारमा बंगलाचुली गाउँपालिका वडानम्बर ७ बिर्खेका तीन युवा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बंगलाचुली-७ विर्खेका २७ वर्षीय पवन रोका, २७ वर्षीय विनाराम मर्स्याङ्गी र २० वर्षीय याम बहादुर मास्की रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जनकारी दिए ।

पक्राउ परेका युवाहरूलाई थुनामा राखेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahirobusinessCoronavirusCovid-19crimeDeathdigital khabarhealthNepali NewsNewsRainRape
Comments (0)
Add Comment