कोरोना कहरको विच तिजको रौनक, (फोटो फिचर )

सरोज राई

२४ भदौ, काठमाडौं । महिलाहरुको महान चाड हो ,हरितालिका तिज । हरितालिका तिजको अवसरमा महिलाहरु हर्ष तथा उत्साहित हुदै महादेवको व्रत बस्ने गर्छन् । कोरोनाको कहर विच पनि काठमाडौं लगायत देशभरका विभिन्न शिव मन्दिरहरुमा भक्तजनको घुईँचो लागेको छ ।

भाद्र शुक्ल तृतीयाका दिनमा तीज पर्वका मनाइन्छ । विशेषगरी महिला वर्तालु सौभाग्यको प्रतीक रातो पहिरनमा सजिएर शिवालयमा पूजा आराधनाका लागि पुगेका छन् । पशुपतिनाथ मन्दिर बन्द गरिए पनि पशुपति क्षेत्रमा बिहानैदेखि महिला जम्मा हुन थालेका छन् ।

तीजको पौराणिकता हेर्दा सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत शुरु भएको पौराणिक मान्यता छ ।

वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गरिन् भन्ने भान्यता रहेको छ ।

देवको देव महादेव रहेको हिन्दुहरुको पबित्र शिवालय पशुपतिनाथ मन्दिरमा कोरोना संक्रमणमको त्रासले खोलेको छैन् तर पनि पशुपतिनाथ आसपासका अन्य शिवालयहरुमा भक्तजनको भिड देख्न सहिन्छ । यही सन्दर्भमा हाम्रा सहकर्मी डिजिटल खवरका फोटो पत्रकार सरोज राईको लेन्समा कैद भएका केही तस्वीरहरु



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment