साझा प्रतिबद्धतापत्र अनुमोदन

२३ भदाै, सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका भित्रका विद्यालयले विविध पक्षमा सुधार ल्याउन साझा प्रतिबद्धता पत्र अनुमोदन गरेका छन् । कोरोना महामारीमा शिक्षाका सवाल र स्थानीय सरकारको भूमिका’ विषयक छलफल कार्यक्रममा सो पत्र अनुमोदन भएको हो । कार्यक्रम महिला आत्मनिर्भरता केन्द्र, मेलम्ची नगरपालिका शिक्षा शाखाको सहकार्य र शिक्षाका लागि राष्ट्रिय अभियान ९एनसिएल० को आयोजनामा सम्पन्न भएको थियो ।

कार्यक्रममा शिक्षालाई कोभिडले पारेको असर, विद्यालयले बेहोर्नु परेको कठिनाइ र चुनौतीका बारेमा छलफल गरी शिक्षाका लागि राष्ट्रिय अभियान ९एनसिएल० का जिल्ला संयोजक हर्क तामाङले साझा प्रतिबद्धतापत्र तयार गर्नुभएको थियो ।

सो पत्रमा गुणस्तरीय शिक्षा, शिक्षामा पारदर्शिता हुनुपर्ने, आवश्यक जनशक्तिको व्यवस्था गरिने, शिक्षक र विद्यार्थी दुवैले कडाअनुसारको पालना गर्नुपर्ने, शिक्षकलाई अभिवृद्धि गरी अभिवृद्धिका लागि तालिमको व्यवस्था गरिने, नमूना विद्यालय बनाउने कुरामा जोड दिने, शिक्षालाई बजेटका आधारमा प्रथम प्राथमिकतामा राख्नुपर्नेलगायत विषय समेटिएको छ । पत्रमा सहभागी सबैले हस्ताक्षर गरी सहमति जनाएका छन् ।

नगरपालिका प्रमुख डम्बर अर्यालले कोरोना महामारीले मात्र नभई नगरक्षेत्रमा विपद्ले पनि शिक्षालाई असर गरिरहेकाले विपद् न्यूनीकरणमा विद्यालय र अभिभावकले ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो । उपप्रमुख भगवती नेपालले दिवा खाजालगायत अन्य थप चुनौतीका लागि सम्बन्धित निकायसँग बैठक बसी निर्णय गरिने बताउनुभयो । उहाँले सबै एकताबद्ध भएर अगाडि बढेमा मात्र नगरको समग्र शिक्षामा सुधार आउने कुरामा जोड दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल, शिक्षा शाखा प्रमुख सुदिनराज पोखरेललगायत विद्यालयको प्रअ र केही विद्यालयको व्यवस्थापन समितिका अध्यक्षको सहभागिता थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahirobusinessCoronaviruscovid 19 updateCovid-19DeatheducationhealthNepali NewsRain
Comments (0)
Add Comment