पीसीआर परीक्षण पुन ः सुरु

२२ भदाै, राजविराज । एक महिनादेखि बन्द रहेको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सञ्चालित पीसीआर परीक्षण आजदेखि पुनः सुरु भएको छ ।

पीसीआर परीक्षण पुनः सुरु गरिएको अस्पतालका पीसीआर परियोजनाका प्रमुख प्रकाशकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश नं. २ सरकारबाट अर्को पीसीआर मेसिन पठाएपछि यहाँ पुनः परीक्षण सुरु गरिएको छ । यसअघि परीक्षणका लागि नमूना राख्दा रिपोर्ट नेगेटिभ आउने ठाउँमा पोजेटिभ देखाउने र पोजेटिभको ठाउँमा नेगेटिभ आउने गरेकाले तत्कालका लागि परीक्षण सेवा नै बन्द गरिएको थियो । एन्टिजेन परीक्षण भने जारी थियो ।

मेडिकल सुपरिटेन्डेन्ट डा रणजीतकुमार झाले मेसिनमा प्राविधिक गडबडी भएकाले कोरोना भाइरसको स्वाब परीक्षण बन्द रहेको अवस्थामा प्रदेश सरकारले मेसिनलाई मर्मत नगरी अर्को मेसिन नै दिएपछि स्वाब परिक्षण सञ्चालन गरिएको बताउनुभयो । साउन १२ गते पीसीआर मेसिनमा गडबडी हुँदा परीक्षण कार्य नै रोकिएको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businesscorona viruscovid 19 updateCovid-19DeathdigitalkhabarhealthNews
Comments (0)
Add Comment