ललितपुरका नगर प्रहरीलाई नेपाल भाषाको प्रशिक्षण

२२ भदाै, ललितपुर । ललितपुर महानगरपालिकाले यहाँ कार्यरत नगर प्रहरीलाई नेपाल अर्थात् नेवारी भाषामा प्रशिक्षण दिन थालेको छ । महानगरपालिकामा धेरैजसो नेवारी समुदायको बसोबास रहँदा प्रहरीलाई काममा सो भाषाले सहजता तुल्याउन ठहर गरी दुईहप्ते प्रशिक्षण दिन सुरु गरिएको हो ।

नगर प्रहरी प्रमुख सीताराम हाछेथुले महानगर नेवारी बस्तीमा नेपाल भाषा प्रयोग गरेर आफूहरूले काम गर्दा अपनत्वको व्यवहार पाएसँगै सो भाषा जान्न अति नै आवश्यक रहेको बुझी सोमबारदेखि आउँदो असोज ३ गतेसम्म सिकाइने भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँ बसोबास गर्ने कैयौँ वृद्धवृद्धामा नेपाली भाषाको ज्ञान अभाव पाएसँगै उहाँहरूको समस्या सुन्न र बुझ्नसमेत यसले सहयोग गरेको छ ।” हरेक मानिसले आफू कार्यरत स्थानको भाषा अनि संस्कृति जान्दा धेरै काम बन्दै जाने उहाँको बुझाइ छ ।

महानगपालिकामा कार्यरत १३ महिला र ३६ पुरुष गरी ४९ नगर प्रहरीलाई दैनिक बिहान एकदेखि डेढ घण्टाको तालिम दिइने हाछेथुले जानकारी गराउनुभयो । नेवा स्यानेगुठी प्रशिक्षण केन्द्रका निर्देशक एवं प्रशिक्षक रुबिन शाक्यले प्रहरीले काममा खटिँदा दोहोरो सञ्चार गर्न सक्ने आधारभूत भाषाको प्रशिक्षण दिइने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले नेवारीमा सम्बोधन गर्नेदेखिका आवश्यक भाषा सिकाउनेछाैँ ।

प्रमुख चिरीबाबु महर्जनले महानगरपालिकाका भित्री बस्तीमा बढीजसो नेवार समुदाय रहँदा नगर प्रहरीले आफ्ना सेवा चुस्त अनि दुरुस्त बनाउन भाषाको प्रयोग गर्न पाउने बताउनुभयो । उहाँले भन्नुभयो, यस क्षेत्रमा लगभग ६० प्रतिशत नेवार रहँदा प्रहरीले सबैसँग मिलेर काम गर्ने पाउनेछन् ।

लपु महानगरपालिकामा कूल ७८ नगर प्रहरी कार्यरत छन् । सो मध्ये २९ सँग नेपाल भाषाको जानकारी पहिले नै रहँदा प्रशिक्षणमा सहभागी नगराइएको महानगरपालिकाले जानकारी गराएको छ । महानगरपालिकाका पाटन, खोकना, बुङ्मती, सुनाकोठी, हरिसिद्धिलगायतका धेरै क्षेत्रमा नेवारी समुदायको बसोबास रहेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19DeathdigitalkhabarhealthNewspolice
Comments (0)
Add Comment