कांग्रेसको १४ औं महाधिवेशन : वडा नेतृत्वमा युवाको बाहुल्य उपस्थिति तर महिला र दलित शून्य

२२ भदौ, पोखरा । नेपाली कांग्रेसको १४औं महाधिवेशनको वडा तहको निर्वाचनमा युवाको बाहुल्य उपस्थिति देखिइरहेको छ ।

दैलेख दुल्लु नगरपालिका-३ मा १९ वर्षीया किशोरी स्वस्तिका महत वडा सभापति बनेर चर्चा बटुलिन् । कास्की माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ७ बाट १९ वर्षकै दिपिका भण्डारी क्षेत्रीय प्रतिनिधि बनिन् । मादी गाउँपालिका वडा नम्बर ९ मा २८ वर्षका प्रभात अधिकारी वडा सभापति बने ।

पोखरा महानगरपालिकाको वडा नम्बर ६ मा सन्तोष पौडेल, वडा नम्बर ७ मा नवीन बराल, १२ मा सन्तोष बास्तोला, १४ मा दिवस कुँवरलगायत कास्कीमा पनि थुप्रै ठाउँमा आशा लाग्दा युवा नेतृत्वमा आएका छन् । बुढा नेताहरुको पार्टी भनेर बेला बेला आरोप खेप्ने नेपाली कांग्रेसमा जगबाटै युवाले हस्तक्षेप गर्न थालेको भन्दै अन्य युवाले पनि खुसी र उत्साह भरिरहेका छन् ।

वडा तहको नेतृत्वमा पुगेका युवाहरुले पनि असल राजनीतिको अभ्यास र गल्ती गर्दा नेतृत्वकै खबरदारीका लागि पनि आफूहरुको भूमिका रहने बताउँछन् । ‘युवा ऊर्जालाई राजनीतिको असल अभ्यासमा खर्च गर्ने हो । पुराना पुस्ताका नेताबाट सिकेर नयाँ सोंचअनुसार राजनीतिलाई जनतासँग जोड्ने हो,’ वडा नम्बर १४ का सभापति दिवस कुँवरले भने ।

राजनीतिलाई फोहोरी खेल भनेर युवाहरु तर्किने होइन, सफा गर्नें हिम्मत गर्ने हो र त्यो पार्टीभित्रैको संघर्षबाट गर्ने हो भन्ने सन्देश दिनकै लागि पनि युवाहरु जाग्नुपर्ने नवीन बरालको भनाइ छ ।

‘युवाको संख्या बढिरहेका बेला कांग्रेसमा वर्षौं लागेका, निष्ठा र पार्टी भनेर हिँडेका नेताहरु छन्,’ उनी भन्छन्, ‘सधैं उहाँहरुलाई छोड्दा युवाले पालै नपाउने हुन्थ्यो । अब उहाँहरुको अनुभव र हाम्रो ऊर्जा मिलाउनुपर्छ ।’

पोखरा महानगरपालिकामा ३३, रुपा मादी गाउँपालिकामा १२, माछापुच्छ्रे अन्नपूर्णमा ११, माछापुच्छ्रेमा ९ र रुपैयाँ गाउँपालिकामा ७ गरी कास्कीमा ७२ वटा वडा छन् । यी वडामा आधाभन्दा धेरै युवा उमेर समूहबाट नेतृत्वमा आएको नेपाली कांग्रेस कास्कीले जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment