सोमबार सुनको मूल्य घट्यो, चाँदी स्थीर

२१ भदाै, काठमाडाैँ । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थीर बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन तोलाको १०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९१ हजार ४००, तेजावी सुनको भाउ ९० हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार २३० रुपैयाँ कायम गरिएको छ ।

आइतबार छापावाला सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ, तेजावी ९१ हजार रुपैयाँ र चाँदी तोलाको १ हजार २३० रुपैयाँमा कारोबार भएको थियो । आइतबार प्रतितोला ६०० रुपैयाँले बढेको सुनको मूल्य सोमबार घटेको हो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthKathmandunepalNewstechnology
Comments (0)
Add Comment