खोला कटानले बस्ती जोखिममा

१९ भदाै, दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ जरेबर बस्ती खोला कटानले जोखिममा परेको छ । क्याङ्दी र बर खोलाको कटानले यो बस्ती जोखिममा परेको हो ।

केही दिनदेखि परेको अविरल वर्षाका कारण यी दुई खोला उर्लिएर जमिन कटान गर्दै बस्तीतर्फ सोझिएपछि स्थानीयवासी त्रसित बनेका छन् । यहाँका स्थानीयवासीले वर्षौंदेखि कटानको समस्या भोग्दै आएका छन् ।

कटान रोक्नलाई बृहत् तटबन्धन नहुँदा खोला बस्तीतर्फ आइरहेको स्थानीयवासी सानुमाया महतले जानकारी दिनुभयो । खोलाको कटानले यहाँका १० घर उच्च जोखिममा परेका छन् । यस ठाउँमा दुई दर्जनभन्दा बढी घर छन् । दुवैतर्फ खोलाले कटान गरेपछि बर खोलामा मोटरेबल पुल निर्माणमा खटिएको कामदार बसेको क्याम्पलाई सारिएको उहाँले बताउनुभयो । कामदार जरेबरको चौरमा क्याम्प बनाएर बसेका थिए । कटानले खाली जमिन सकिँदैछ । खोलाको बहाव घटेको छैन, कतिबेला के हुने हो, त्रासमा छाैँ उहाँले भन्नुभयो ।

गत असारमा पनि दुवैतर्फ नदीले कटान गरेको थियो । बस्ती जोगाउन शुक्लागण्डकी नगरपालिकाले ४० थान जाली दिएको थियो । खोलालाई डाइभर्ट गराउन नसक्दा तटबन्धन गर्न नसकेको महतले बताउनुभयो । बस्ती जोगाउनलाई बृहत् गुरुयोजना बनाएर तटबन्धन गर्नुपर्ने उहाँको सुझाव छ ।

यसैगरी क्याङ्दी खोलाकै कटानले भिमाद नगरपालिका–८ अरौदीको बस्ती पनि जोखिममा परेको छ । क्याङ्दी खोलाको बहाव बस्तीतर्फ आएपछि जोखिम बढेको हो । कटानकै कारण चार घर विस्थापित भएको वडाध्यक्ष बुद्धिमान श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अरौहीको बस्तीमा ६५ घरधुरीको बसोबास छ । अन्य घरपरिवार तत्कालै विस्थापित हुने अवस्था नरहे पनि पूरै बस्ती जोखिममा परेको श्रेष्ठले बताउनुभयो ।

असारमा बस्तीतिर नदी सोझिन थालेपछि नगरपालिकाको स्काभेटर लगाएर धार परिवर्तनको काम गरेका थियौँ । अहिले फेरि खोला बस्तीतिर सोझिएको छ”, उहाँले भन्नुभयो । अरौदीमा क्याङ्दी खोलाले क्याङ्दी मार्गको सडक पूरै बगाएको छ । असारमा कटान भएपछि केही समय ठूला सवारी चल्न सकेनन् । खोलाको धार परिवर्तन गरेपछि सवारी चलेको थियो । अहिले निरन्तर एक साता परेको अविरल वर्षाले खोला बढेर असारमा सडक कटान गरेकै ठाउँबाट बग्न थालेपछि भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिकाका केही बस्ती पुनःयातायात सञ्जालबाट सम्पर्कविच्छेद भएका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahirobusinessCovid-19DeathdigitalkhabarhealthNewsRain
Comments (0)
Add Comment