करिब २१ वटा चलचित्र प्रदर्शनको पर्खाइमा, तत्काल हुने सम्भावना छैन

१९ भदाै, काठमाडाैँ । सरकारले स्वास्थ्य मापदण्ड पालना गरेर चलचित्र हलहरु सञ्चालन गर्न अनुमति दिए पनि फिल्म निर्माताले तत्काल नयाँ चलचित्र रिलिज हुने सम्भावना नभएको बताएका छन् । डेढ वर्षदेखि वन्द रहेको हललाई थप व्यवस्थापन र सरसफाइ गर्नुपर्ने भएकाले एक महिना अझै चलचित्र रिलिज हुने सम्भावना नभएको नेपाल चलचित्र संघका अध्यक्ष मधुसुधन प्रधानले बताउनुभयो ।

कोरोना महामारीले चलचित्र व्यवसाय प्रभावित बनेपछि थप सुधारका लागि दर्शकहरुमा स्वास्थ्यका दृष्टिले सुरक्षित हल र दर्शकको मनोवैज्ञानिक त्रास हटाउन योजनाबद्ध कार्यक्रमहरु ल्याएर मात्र चलचित्र रिलिजतर्फ अघि बढने अध्यक्ष प्रधानले बताउनुभयो ।

शुक्रबार चलचित्र विकास बोर्ड, व्यवसायी र निर्देशकहरुसहितको टोलीसँग जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य मापदण्ड अपनाउने विषयमा छलफल गरेको थियो । प्रशासनले भने हल सञ्चालन गर्दा दर्शकको भीडभाडलाई ख्याल गर्दै संक्रमण न्युनीकरणमा ध्यान दिन व्यवसायीहरुलाई निर्देशन दिएको छ । कोरोना महामारीको डेढ वर्षदेखि दुई सयभन्दा बढी हल पूर्ण रुपमा बन्द रहेको संघले जनाएको छ ।

करोडौं रुपियाँ लगानीबाट निर्माण भएको चलचित्र तत्काल रिलिज हुने सम्भावना नभएको तर रिलिज भए प्रत्येक चलचित्रलाई कम्तिमा पाँच लाखभन्दा बढी हुनेगरी प्राविधिकतर्फ सहयोग पुग्ने गरी आर्थिक सहयोग गर्ने चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताउनुभयो । 

काठमाडौंको मात्र हल सञ्चालनमा भएर नहुने र देशैभरका हलहरु सञ्चालनमा आउनु पर्ने भएकाले फिल्म रिलिज गरेर व्यवसायीहरुलाई नाफा हुने सम्भावना नभएको उहाँले बताउनुभयो । हल सञ्चालक, फिल्म वितरक, चलचित्र निर्माता संघ, चलचित्र निर्देशक समाज, र नेपाल चलचित्र कलाकार संघको बैठकबाट मात्र हल सञ्चालन र चलचित्र रिलिजका विषयमा निर्णय हुने संघले जनाएको छ ।

अहिले करीब २१ वटा चलचित्र निर्माण भएर रिलिजको पर्खाइमा रहेको संघले जनाएको छ । यता कोरोना महामारीकैवीच पाँचवटा चलचित्र निर्माण भएको र एउटा चलचित्र कोरोना महामारीमै निर्माण भएर रिलिज समेत भएको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronaviruscovid 19DeathdigitalkhabarhealthNews
Comments (0)
Add Comment