चन्द्रागिरि केबलकार भोलिदेखि पुनः सञ्चालन हुने

१८ भदौ, काठमाडौँ । कोरोना महामारीका कारण बन्द रहेको चन्द्रागिरि केबलकार शनिबारदेखि सञ्चालनमा आउने भएको छ । शनिबारदेखि नियमित रुपमा केबलकार सञ्चालन गर्न लागेको चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले जानकारी दिएका छन् ।

‘कोभिड–१९ को कारणले बन्द भएको केबलकार तथा रेष्टुरेन्ट लगायतका सेवा भदौ १९ गतेदेखि स्वास्थ सुरक्षा मापदण्डका साथ पुनः सञ्चालन हुनेछन्,’ शाहले भने ।

पौराणिक महत्त्व बोकेको भालेश्वर मन्दिर दर्शन गर्न भारत लगायत अन्य देशबाट समेत पर्यटकहरु चन्द्रागिरि पुग्ने गरेका छन् । कम्पनीका महाप्रबन्धक शाहले चन्द्रागिरि हिल्समा शनिबारदेखि नै जिपलाइन समेत शुारम्भ गर्न लागेको जानकारी दिए ।

पछिल्लो समय चन्द्रागिरि आन्तरिक तथा बाह्य पर्यटकका लागि महत्त्वपूर्ण गन्तव्य स्थल बनिसकेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

chandragiridigital khabarKathmandunepalNews
Comments (0)
Add Comment