प्रदेश २ मा एमाले भन्दा एकीकृत समाजवादी बन्यो ठूलो दल

१८ भदाै, काठमाडाैँ । प्रदेश २ को प्रदेश सभामा नेकपा एमाले विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीमा बहुमत देखिएको छ।संसदीय दलका २१ मध्ये बिहीबार प्रदेश २ को निर्वाचन आयोगको कार्यालयमा उक्त दल रोजेर सनाखत गर्ने ११ जना पुगेका हुन् ।

दश जना उपस्थित भएर र हाल दिल्लीमा उपचाररत डिल्लीप्रसाद उप्रेतीले हिजै साँझ निर्वाचन आयोगको स्वीकृतिमा त्यहाँस्थित नेपाली दूतावासमार्फत समाजवादी दल रोजेको पत्र आएसँगै यो सङ्ख्या ११ पुगेको हो ।

सनाखत गर्नेहरूमा संसदीय दलका नेता रहेका शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, नागेन्द्र यादव, खुशीमा खातुन, प्रमोद यादव, रवीन्द्र बैठा, बेची लुङ्गेली, अशोक यादव, मदन जैन श्रीवास्तव र मञ्जु यादव छन्।

सत्यनारायण मण्डल, त्रिलोकीप्रसाद, अनिता यादव, मनोजकुमार सिंह, शारदादेवी थापा, किशोरी साह कमल, लगनलाल चौधरी र जगतारैणदेवी सुँडीले मूल पार्टीमै रहने स्पष्ट पार्नाका साथै पछल्लोपटक सुन्दर विश्वकर्मा र सीता गुरुङ बिहीबार एमालेको कार्यक्रममा सहभागी भएपछि १० जना पुगेको हो।

नेता महतोले विश्वकर्मा र गुरुङले तोकिएको म्याद भदौ २२ भित्र एकीकृत समाजवादीमै आएर सनाखत गर्ने गर्ने जिकिर गरेपनि एमालेको प्रदेशस्तरीय कार्यक्रममा बिहीबार दुबै सहभागी भएकाले महतोको जिकिर नपुग्ने एमाले नेता सत्यनारायण बताउँछन्।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment