नाइजेरियामा ७३ विद्यार्थी अपहरित

१७ भदाै, एजेन्सी । नाइजेरियामा बन्धुकधारी अपहरणकारीले ७३ जना विद्यार्थीलाई अपहरण गरेका छन् ।

नाइजेरियाको प्रहरीले बुधबार उनीहरुलाई अपरिचित बन्दुकधारीले अपहरण गरेको खवर प्राप्त भएको जनाएको छ । विद्यार्थी देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने जाम्फारा प्रदेशको एक विद्यालयबाट अपहरित भएका हुन् ।

जाम्फाराका प्रहरी प्रवक्ता मोहम्मद शेहुले जारी गरेको वक्तव्यमा उनीहरुलाई अपहरण गर्न ठू्लो सङ्ख्यामा लडाकू आएका उल्लेख गरिएको छ ।

बुधबार बिहान काया गाउँबाट उनीहरुलाई अपहरण गरिएको र कता लगे भन्ने बारेमा एकिन हुन नसकेको अधिकारीले जनाएका छन् ।

अपहरित बालबालिका माध्यामिक तहका विद्यार्थी रहेका जनाइएको छ । घटनाका बारेमा विस्तृत विवरण आउन भने बाँकी रहेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthKidnapLockdownnepalNewsNigeriaPolitic
Comments (0)
Add Comment