धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना निलम्बनमा

१७ भदौ, काठमाडौं । सरकारले सर्वोत्तम सिमेन्टको सेयर खरीदमा मुछिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई निलम्बन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैंठकले उनलाई निलम्बन गर्दै न्यायिक छानविन गर्न ३ सदस्यीय समिति गठन गरेको हो ।

उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा गठित समितिमा विज्ञ सदस्य नारायणप्रसाद पौडेल र नेपाल कानून आयोगका सहसचिव अर्जुनकुमार खड्का सदस्य छन् ।

न्यायिक समितिले छानवीन गर्दा बोर्डको अध्यक्ष ढुंगाना हुँदा छानविन प्रक्रिया प्रभावित हुनसक्छ भन्दै निलम्बन गरिएको जनाईएको छ ।

ढुंगानाकी छोरीले सेयर खरिद गरेका कारण उनी विवादमा मुछिएका छन् । समितिले ढुंगानाको संलग्नताबारे छानबिन गर्नेछ । समितिले छानबिन गरी प्रतिवेदन पेश गर्नेछ ।

यसअघि भदौ पहिलो साता बसेको अर्थसमितिको बैठकले नेपाल धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीले पदीय दुरुपयोग गरी अनुचित लाभ लिएको ठहर गरेको भन्दै कारबाही गर्न सरकारलाई निर्देशन दिएको थियो ।

सर्वाेत्तम सिमेन्टको सेयर खरिदमा मुछियका नेप्सेका सीईओ चन्द्रसिंह साउँदले यसअघि नै राजीनामा दिइसकेका थिए भने बोर्ड अध्यक्ष ढुगांनाले राजीनामा नदिने भन्दै सरकारले हटाए अदालत जाने जनाएका थिए ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment