तालिबानले किन कब्जामा लिन सकेन अफगानिस्तानको पंजशीर उपत्यका ?

१७ भदौ, एजेन्सी । अफगानिस्तानमा तालिबानले पूर्ण कब्जा जमाए पनि एउटा प्रान्त पंजशीर अहिले पनि उनीहरुले कब्जा जमाउन सकेका छैनन् ।

बुधबार तालिबानले पंजशीर प्रान्तका नेताहरुसँग गरेको वार्ता असफल भएको जनाएको छ । पंजशीर अब एउटा मात्र यस्तो प्रान्त हो जो तालिबानबाट मुक्त रहेको छ ।

पंजशीर प्रान्त एक उपत्यका हो । यो काबुलबाट ९० किलोमिटर टाढा उत्तरतर्फ रहेको छ । यो हिंद्कुश पहाडको घाटीमा रहेको छ ।

पंजशीर १९८० को दशकमा सोभियत संघ र ९० को दशकमा तालिबानविरुद्ध सशक्तरुपमा उभिएको प्रान्त मानिन्छ । पंजशीरमा अहिले नेसनल रेसिस्टेन्ट फ्रन्ट अफ अफगानिस्तान (एनआरएफ) को नियन्त्रणमा रहेको छ । पंजशीरको भौगोलिक बनावटका कारणपनि तालिबानलाई मुश्किल भएको बताइएको छ । घाटीको वरिपरी ३ हजार मिटर अग्लो पहाड छ भने प्राकृतिक कारणले पनि यो प्रान्त तालिबानबाट सुरक्षित रहेको देखिएको छ । यस प्रान्तमा जाने एउटा मात्र साघुरो सडक रहेको छ । पंजशीर बाहिर बाट हेर्दा एउटा उपत्यका देखिए पनि त्यहाँ गएपछि २१ स-साना उपत्यका रहेको बताइएको छ ।

यस उपत्यकामा करिब २ लाख मानिसहरु बसोबास गर्ने बताइन्छ । आफ्नै पहिचान रहेको यस उपत्यका अहिले तालिबानले पुरै अफगानिस्तान कब्जा गर्दा पनि यस ठाउलाई कब्जा गर्न नसकेका कारण विश्वभर चर्चामा रहेको छ ।

अहिले पंजशीरमा अफगानिस्तानमा तालिबानविरुद्ध लडाई लडेका प्रमुख नेता अहमद शाह मसूदका छोरा ३२ बर्षिय अहमद मसूद र अफगानिस्तानका पुर्व उपराष्ट्रपति अमरुल्लाह सालेह अहिले पंजशीरमा रहेका छन् र त्यहीबाट तालिबानलाई चुनौती दिने प्रयास गरिरहेका छन् । एनआरएफका नेता अहमद मसूदले केहि दिन अघि पंजशीरबाट एक अपिल गर्दै तालिबानविरुद्ध लड्ने घोषणा गरेका थिए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

AfghanistanbusinessCoronavirusCovid-19digital khabarLockdownnepalPoliticTalibantechnology
Comments (0)
Add Comment