काठमाडौंमा उपत्यकामा जारी निषेधाज्ञा भदौ मसान्तसम्म थप

१६ भदौ, काठमाडौं । काठमाडौंमा जारी निषेधाज्ञा भदौ मसान्तसम्म थप गरिएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भदौ मसान्तसम्म कायम हुने गरी निषेधाज्ञा कायम राखेको हो । यद्यपि बैठकले निषेधाज्ञा भन्ने शब्द भने हटाएकाे छ ।

कोभिड– १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को अधिकार प्रयोग गरी भोलिबाट लागू हुनेगरी निषेधाज्ञा लम्ब्याइएको हो ।

बैठकले अनावश्यकरूपमा मानिसहरू जम्मा हुने, भीडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोजलाई प्रतिबन्ध लगाइएको छ ।

काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञा शैक्षिक संस्था बाहेक अन्य क्षेत्रबाट हटेको छ। भिडभाड हुने सभासम्मेलन, जुलुस लगायतका गतिविधि सञ्चालन नगर्न पनि काठमाडौं जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।

शैक्षिक संस्थाहरु (विद्यालय)ले भौतिक उपस्थितीमा पठन पाठन गर्न गराउन नपाउने जनाएको छ । गर्नै पर्ने भएमा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रही स्थानिय तहहरुले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालय सञ्चालनको निर्णय गर्न सक्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।।’

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment