राप्तीमा स्वास्थ्य संस्थाको बार्षिक समिक्षा

तिर्थराज ज्ञवाली

१६ भदौ, मसुरीया(देउखुरी दाङ) ।
राप्ती गाउँपालिका भित्रका स्वास्थ्य संस्थाहरुको सेवा प्रवाहका वारेमा गरिएको समिक्षा कार्यक्रममा गत वर्षको लक्ष्य पुरा गर्न यस वर्ष थप काम गरिने बताईएको छ ।

गत वर्ष कोभिड १९ को दोस्रो चरणको महामारीका कारण नियमित क्रियाकलाप सहज तवरले गर्न नपाईएको कारण वार्षिक लक्ष्य पुरा हुन नसकेको जानकारी गर्दै यस आर्थिक वर्षमा लक्ष्य प्राप्तीको लागि थप कार्यक्रम सुरु गरिने स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिनु भएको छ ।

राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा २ वटा स्वास्थ्य चौकी, २ वटा आधारभुत स्वास्थ्य सेवा केन्द्र तथा ५ वटा स्वास्थ्य इकाइको समिक्षा गरिएको हो ।

सामाजिक विकास समिति संयोजक विद्याशरण चौधरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यतामा स्वास्थ्य संस्थाको गत आर्थिक वर्षमा गरिएको कार्य प्रगतिको समिक्षा गरिएको हो ।

समिक्षामा स्वास्थ्य संस्था प्रमुखहरुले प्रतिबेदन प्रस्तुत गरिए संगै हुन नसकेका र गर्नु पर्ने विषयमा सहभागीहरुद्धारा सल्लाह सुझाव तथा प्रतिक्रिया दिईएको छ ।

सिसहनिया स्वास्थ्य चौकी प्रमुख धन बहादुर खड्का, लालमटिया स्वास्थ्य चौकी प्रमुख कृष्ण प्रसाद श्रष्ेठ, लालमटिया आधारभुत स्वास्थ्य सेवा केन्द्र प्रमुख कमला न्यौपाने, खुरुरीया आधारभुत स्वास्थ्य सेवा केन्द्र प्रमुख पुनम कुमाल, मौरीघाट स्वास्थ्य ईकाई प्रमुख जानकी रोका, पत्थरगढवा स्वास्थ्य ईकाई प्रमुख चन्द्रा चौधरी चौधरी, देविकोट स्वास्थ्य ईकाई प्रमुख यज्ञ बहादुर कार्की तथा सुआहारा कार्यक्रमको बारेमा नितु चौधरीले गत वर्ष गरिएका कामको वारेमा जानकारी गर्नु भएको थियो ।

राप्ती गाउँपालिका क्षेत्रका स्वास्थ्य संस्थाहरको समिक्षा कार्यक्रममा सरोकारवाला तथा सहभागीको तर्फवाट स्वास्थ्य संस्थाहरुले प्रदान गदै आएका सेवामा पोषण बृद्धि अनुगमन गर्नु पर्ने, स्वास्थ्य ईकाइको स्तर बृद्धि गर्नुपर्ने, संस्थागत सुत्केरी बढाउनुपर्ने, नियमित खोप सेवा प्रदान गर्ने, गर्भवति तथा सुत्केरी जाँच क्षेत्र बढाउनु पर्ने, परिवार नियोजन सेवाग्राहि संख्या निश्चित गर्नुपर्ने, खोपकेन्द्रमा कर्मचारी थप गर्नु पर्ने तथा सबै स्वास्थ्य संस्थाबाट कोभिड खोप सञ्चालन गर्नुपर्ने लगायतका सल्लाह तथा सुझाव दिईएको छ ।

उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल, वडा अध्यक्षहरु, स्वास्थ्य कार्यालय दाङका प्रतिनिधि कमल चन्द, स्वास्थ्यका लागि सक्षम प्रणालीका प्रतिनिधि अर्चना अर्याल, कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरु, स्वास्थ्य स्वयंसेविकाका प्रमुखहरु तथा स्वास्थ्य कर्मीहरुको सहभागिता रहको समिक्षा कार्यक्रममा स्वास्थ्य सेवा लाई प्रभावकारी बनाउदै लैजान गाउँपालिकाको तर्फवाट आगामी दिनमा कुपोषित बालबालिकाको स्वास्थ्य सुधारको अवस्था नियमित चेकजाच बढाउदै लैजानुपर्ने, एम्बुलेन्स सेवा थप गर्नुपर्ने, सेवा सुविधा सहित स्वास्थ्य स्यंसेविकालाई थप परिचालन गर्नु पर्ने, स्वास्थ्य संस्थामा औषधिको प्रयाप्तता सहज बनाउनु आवस्यक रहेको, स्वास्थ्य संस्थामा उपचार गर्न जाने विरामीको संख्या घट्नुको कारण बारे अध्यन हुनुपर्ने, स्थाई परिवार नियोजन कार्यक्रमबारे जोडीलाई अभिमुखीकरण गर्नु पर्नेमा जोड दिईएको छ ।

समिक्षामा राप्ती गाउँपालिकामा स्वास्थ्य संस्थामा भएका श्रोत साधनको बृद्धिको अवस्था तथा नागरिकलाई सहज सेवा दिनका लागि भएका प्रयासका बारेमा समेत जानकारी गरिएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

AGMBusinesbusinessCoronavirusDangdigital khabarhealthnepalNews
Comments (0)
Add Comment