करेन्ट लागेर सप्तरीमा बालकको मृत्यु

१६ भदाै,  सप्तरी । भुईँमा लत्रिएको विद्युतीय तारमा परी करेन्ट लागेर सप्तरीमा एक जना बालकलाई मृत्यु भएको छ ।

डाक्नेश्वरी नगरपालिका-१० रंजितपुर निवासी पवन यादको गोठमा विद्युतीय तार लत्रेको थियो । लत्रेको नाङो तारबाट करेन्ट लाग्दा उनका ९ वर्षीय छोरा अर्जुनको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गोठमा खेल्ने क्रममा बालकलाई लत्रिएको विद्युतको नाङो तारबाट करेन्ट लाग्दा मृत्यु भएको हो । करेन्ट लागेर सिकिस्त भएका बकालकलाई उपचारका लागि कल्याणपुरतर्फ लग्ने क्रममा बाटोमै मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

मृतकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको र अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businesscoronacorrectDeathdigital khabarhealthNews
Comments (0)
Add Comment