मौसम पूर्वानुमान : अब मौसममा सुधार आएको हो ?

१६ भदाै, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुको प्रभाव अझै रहेको जानकारी दिएको छ।

हाल देशभर सामान्य बदली रहि प्रदेश नं १,बागमती प्रदेश, गण्डकी प्रदेश, र कर्णाली प्रदेश थोरै स्थानहरूमा वर्षा भएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ भाद्र १६ गते (बुधबार)

दिउँसो : देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश नं १ का एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

२०७८ भाद्र १७ गते (बिहिबार)

दिउँसो : देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

२०७८ भाद्र १८ गते (शुक्रबार)

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशको केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना साथै प्रदेश नं १ का एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`

मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitictechnologyWeather
Comments (0)
Add Comment