अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

१५ भदाै, काठमाडौँ । गणतन्त्र कोरिया सरकारले नेपाल सरकारलाई ९४ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)मार्फत ३७८ थान अक्सिजन कन्सन्ट्रेटर नेपाललाई प्राप्त हुने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज अपराह्न आयोजित एक सङ्क्षिप्त कार्यक्रममा नेपालका लागि कोरियाका राजदूत पार्क चोङ सुकले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई ती उपकरण हस्तान्तरण गर्नुभयो । आगामी एक महिनाभित्रमा बाँकी उपकरण नेपाल सरकारलाई हस्तान्तरण गरिने यहाँस्थित कोरियाली राजदूतावासले बताएको छ ।

कोभिडको महामारीविरुद्धको नेपाल सरकारको लडाइँमा सघाउन सहायतास्वरुप उपलब्ध गराइने तीनसय ७८ थान अक्सिजन कन्सन्ट्रेटरमध्ये स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त, नेपाल–कोरिया मैत्री अस्पताल, त्रिशूली अस्पताल, काठमाडौँ विश्वविद्यालय, धुलिखेल अस्पताल, टीकापुर र मुगु अस्पतालका निम्ति पनि ती उपकरण प्रदान गर्ने योजना रहेको दूतावासले जनाएको छ ।

आजै कोरियमा उच्च शिक्षा हासिल गरेका नेपालीको सङ्गठन ‘कोइका कानले’ काभ्रेपलाञ्चोकस्थित मेथिनकोट अस्पताललाई तीन थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

CoronavirusCovid-19digital khabarnepalNewsPolitictechnology
Comments (0)
Add Comment