यस वर्षको मोती पुरस्कार पौडेल र अधिकारीलाई

१५ भदाै, काठमाडाैँ । नेपाली भाषा एवम् साहित्यको श्रीवृद्धिका लागि अतुलनीय योगदान पु¥याएवापत यस वर्षको ‘युवा वर्ष मोति पुरस्कार’ युवा साहित्यकारद्वय प्रकाश पौडेल र हेम अधिकारीलाई अर्पण गरिने भएको छ ।

राष्ट्रिय युवा सेवा कोषद्वारा राष्ट्रिय विभूति मोतिराम भट्टका सम्झनामा स्थापित सो पुरस्कारको राशि रु ५० हजार र स्वर्णपदक रहेको छ । कोषका सदस्यसचिव शङ्करप्रसाद पाण्डेले पुरस्कार यही भदौ २२ गते वितरण गरिने जानकारी दिनुभयो ।

गत वर्ष कोभिड–१९ का कारण रोकिएको उक्त पुरस्कार सोही दिन वितरण गरिने उहाँले बताउनुभयो । गत वर्ष साहित्यकारद्वय महेश पौड्याल र मीनकुमार श्रेष्ठलाई अर्पण गर्ने निर्णय गरिएको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment