वाङ्मयको श्रीवृद्धि एवं लोकतान्त्रिक आन्दोलनमा भट्टको योगदान सदा स्मरणीय रहने छः राष्ट्रपति

१४ भदाै, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ प्रगतिवादी समालोचक आनन्ददेव भट्टको निधनमा दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले आज अपराह्न ट्वीट गर्दै नेपाली वाङ्मयको श्रीवृद्धि एवं लोकतान्त्रिक आन्दोलनमा प्रगतिवादी लेखक भट्टको योगदान सदा स्मरणीय रहने जनाउनुभएको छ ।

प्रगतिवादी चिन्तक भट्टप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राष्ट्रपतिले शोकाकूल परिवारमा पनि समवेदना प्रकट गर्नुभएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment