राजविराजमा अक्सिजन प्लान्ट

१४ भदाै, राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्थापना गर्नका लागि आवश्यक सामग्रीसहित अक्सिजन प्लान्ट ल्याइएको छ । सो प्लान्टबाट दैनिक २८० सिलिण्डर भर्नसकिने क्षमता रहेको छ । सो प्लान्ट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको मेडिकल सुपरिटेन्डेण्ट डा रञ्जीत झाले बताउनुभयो ।

तीन करोड ७३ लाख मूल्य बराबरको अक्सिजन प्लान्ट ल्याएको बताउँदै चाँडैनै अस्पतालमा जडान गरिने उहाँले बताउनुभयो । साथै लिक्विड सिलिण्डर र टुयुबसमेत ल्याएइको, अक्सिजन प्लान्ट स्थापनाका लागि अस्पतालमा ‘सेड’ तयार भइसकेको र ढलानको काम मात्र बाँकी रहेकाले छिट्टै नै अक्सिजन प्लान्ट स्थापना गरिने जनाइएको छ ।

यहाँ अक्सिजन प्लान्ट सञ्चालन भएमा सप्तरी जिल्लासहित उदयपुर, सिरहा र सुनसरीसहितका अस्पतालमा अक्सिजन आपूर्ति गर्न सकिने डा झाले बताउनुभयो । हाल अस्पतालमा सात वटा भेन्टिलेटरसहित १५ श्ययाको सघन उपचार कक्ष तयारी अवस्थामा रहेको जनाइएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthnepalNewsPoliticrajbirajtechnology
Comments (0)
Add Comment