स्वास्थ्य चौकीको न्युनतम सेवा मापडण्ड निर्धारण गरिने

तिर्थराज ज्ञवाली

१४ भदौ, मसुरीया (देउखुरी दाङ) । राप्ती गाउँपालिका क्षेत्रका २ स्वास्थ्य चौकीको न्युनतम सेवाका वारेमा मापडण्ड निर्धारण गरिने भएको छ ।

आईतवार राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा वास्थ्य चौकीको न्युनतम सेवाका वारेमा मापडण्ड निर्धारणबारे अभिमुखीकरण गरिएको थियोे ।

राप्ती गाउँपालिका क्षेत्रमा रहेको सिसहनिया स्वास्थ्य चौकी र लालमटिया स्वास्थ्य चौकीको सेवामा थप प्रभावकारीता ल्याउनका लागि अभिमुखीकरण गरिएकोे हो ।

न्युुनतम सेवा मापडण्ड अनुसार कार्यगर्न सकिएमा स्वास्थ्य चौकीहरुको अवस्थामा सुधार हुने, सेवा प्रभावकारी हुने र स्वास्थ्य सेवाका सुचकांकहरु माथि उकास्न सकिनेहुनाले स्वास्थ्य संस्थाको न्युनतम सेवा मापडण्ड मापन गर्न आवस्यक रहेको बताईएको छ
स्वास्थ्य सेवाहरूको व्यवस्थापन सुदृढीकरण मार्फत सेवाहरुको गणुस्तर सुनिश्चितताका लागि निर्धारित न्यूनतम सेवा मापदण्ड सम्वन्धि जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा २५ को उपदफा (२) र दफा २७ को व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य संस्थाको न्युनतम सेवा मापडण्ड कार्यान्वयन कार्यविधि २०७७ अनुसार स्वास्थ्य संस्थाको न्युनतम मापडण्डबारे सरोकारवालाहरुलाई अभिमुखीकरण गरिएको हो ।
सेवा ग्राहि र सेवा प्रदायकहरुको विचको सम्वन्ध, स्वास्थ्य संस्था तथा अस्पताल सम्बन्धि सुशासन, चिकित्सकीय सेवा तथा सहयोगात्मक सेवाको व्यवस्थापन प्रभावकारी रुपमा कार्यान्वयन जस्ता विषय मापडण्डमा पर्ने बताईएको छ ।

स्वास्थ्य सेवाको व्यवस्थापनका लागि सुधार गर्नुपर्ने क्षेत्रहरुको पहिचान गरि सोको समयमै समाधान गर्न आवस्यक पद्दतिको विकास गर्ने, पहिचान भएका समस्या समाधानको लागि वित्तिय ब्यवस्था लगायत स्रोत सुनिस्चीतताको लागि सहजिकरण गर्ने तयारीका लागि समेत योजना निर्माण गरिने भएको हो ।

राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल, सामाजिक विकास समिति संयोजक विद्याशरण चौधरी, स्वास्थ्य शाखा संयोजक नारायण रावत लगायतको सहभागिता रहको अभिमुखीकरणको स्वास्थ्य कार्यालय दाङका अर्चना अर्याल, हरी जंग रायमाझि र सिता कुवरले सहजीकरण गर्नु भएको थियो ।

सिसहनिया स्वास्थ्य चौकी र लालमटिया स्वास्थ्य चौकीका कर्मचारी तथा सेवा ग्राहि विच समन्वय गरि न्युनतम सेवाको अवस्थाको बारेमा अनुगमन समेत गरिने भएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusDeukharidigital khabarhealthnepalNewsPoliticRaptitechnology
Comments (0)
Add Comment