सानिमा लाइफ इन्स्योरेन्स कम्पनी नेप्सेमा सूचिकृत : कति पाउला ओपनिङ रेञ्ज ?

१४ भदौ, काठमाडौ | नेपाल धितोपत्र दोस्रो बजारमा सूचीकरण प्रकृयामा रहेको सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता रू. १०३ दशमलव १७ देखि रू. ३०९ दशमलव ५१ सम्मको मूल्य रेञ्ज पाउने देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात पहिलो कारोबारका लागि कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीनगुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ आर्थिक वर्ष ०७५/७६ सम्म रू. १०३ दशमलव १७ रहेको छ । सोही प्रतिशेयर नेटवर्थको आधारमा कम्पनीले पाउने मूल्य रेञ्ज तुलना गरिएको हो ।

कम्पनीले साउन २० गते देखि २४ गते सम्म सर्वसाधारणमा ६० लाख कित्ता आइपीओ विक्री गरी साउन ३० गते बाँडफाँट गरेको हो । यस कम्पनीको आईपीओमा हालसम्मकै उक्त आवेदन परेको थियो ।

कम्पनीको आईपीओ खरिदका लागि २४ लाख १९ हजार ८४८ जनाले ३ करोड ६९ लाख ५१ हजार ८० कित्ता लागि आवेदन दिएको विक्री प्रबन्धकको भनाई छ । कम्पनीको आइपीओ ५ लाख ५० हजारले १०/१० कित्ताका दरले पाएका थिए । आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarLockdownnepalNewsPolitic
Comments (0)
Add Comment