कर्णाली करिडोरमा जिप दुर्घटना, चालकको मृत्यु

१३ भदाै, कर्णाली । कर्णाली करिडोरको कालीकोट खण्डमा जिप दुर्घटना भएको छ। सान्नीत्रिवेणी गाउँपालिका–३ आन्तडाबाट लालीघाट जाँदै गरेको क १ ज २३ नम्बरको जिप पौने १२ बजेतिर दुर्घटनामा परेको हो। 

दुर्घटनामा परी गाडी चालक सान्नीत्रिवेणी १ का विक्रम गिरीको मृत्यु भएको छ भने अन्य ११ जना यात्रु घाइते भएको प्रहरीले बताएको छ ।  घाइतेको स्थानीय र कालीकोट प्रहरीले उद्धार गरिरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता अर्जुन चन्दले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

accidentBadi PahirobusinessCoronavirusCovid19digitalkhabarhealthKarnaliKathmandu Digital KhabarNewsPolitic
Comments (0)
Add Comment