मेलौलीका विद्यालय एक महिनामै बन्द

कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको भन्दै बैतडीको मेलौली नगरपालिकाका विद्यालय एक महिनामै बन्द भएको छ । गत साउन १० गतेदेखि भौतिक रुपमा विद्यालय सञ्चालन गरेको नगरपालिकाले अर्को सूचना नभए सम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका केही व्यक्तिमा सङ्क्रमण देखिएकाले सङ्क्रमण नफैलियोस् भन्नका लागि विद्यालय बन्द गर्ने निर्णय भएको मेलौली नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्रप्रकाश भट्टले जानकारी दिन्भयो । सङ्क्रमणको जोखिम बढ्दै गएकाले अर्को सूचना नभएसम्मका लागि भौतिक उपस्थितिमै सञ्चालनमा रहेका विद्यालय बन्द गरिएका छन् ।

चाडपर्वको समय नजिक आएको, विदेशबाट घर फर्किने नागरिकको सङ्ख्या पनि बढ्दै गएकाले सङ्क्रमणको जोखिम बढ्दै गएको नगरपालिकले जनाएको छ ।
यस्तै नगरपालिकाले वैकल्पिक शिक्षणका उपायद्वारा शिक्षण सिकाइलाई अगाडि बढाउन आग्रह गरेको छ । अभिभावकमा कोरोना सङ्क्रमण पुष्टि भएकाले विद्यार्थी सिकाइ सकजीकरण निर्देशिका, २०७७ अनुरुप वैकल्पिक तथा रचनात्मक विधिमार्फत कक्षा सञ्चालन गरिने जनाइएको छ ।

मेलौली नगरपालिकाले यसअघि गत साउनमा नगरक्षेत्रमा कोरोनाका सक्रिय सङ्क्रमित सङ्ख्या शून्य रहेकाले विद्यालय सञ्चालनमा ल्याएको थियो । कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले पनि यसअघि सबै स्थानीय तहलाई विद्यालय सञ्चालन नगर्न तथा सञ्चालनमा रहेका विद्यालय बन्द गर्न आग्रह गरेको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment