भोजपुरमा श्रीमतीको हत्या गरेर श्रीमानले गरे आत्माहत्या

१२ भदाै, भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–९ किमालुङ्गमा ४० बर्षिय बुद्धिमान राईले आफ्नै श्रीमतीको हत्या गरी आफुले समेत आत्माहत्या गरेका छन् ।

राईले शुक्रवार राती २८ वर्षया श्रीमती इन्द्रकला राईलाई धारिलो हतियार खुकुरी प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रहरीका अनुसार राईले श्रीमतीको हत्या गरी घर नजिकै रहेको दुधिलोको रुखमा झुन्डिएर आत्माहत्या गरेका हुन् । आमालाइ खुकुरी प्रहार गरेको देखेपछि ८ बर्षिय छोराले स्थानीयलाई खबर गरेका थिए ।

घटनाको जानकारी पाउन साथ घटना स्थलमा पुग्दा इन्द्रकलाको मृत्यु भइ सकेको र उनलाई खोजी गर्दा झुन्डिएको अबस्थामा फेला परेको स्थानियले जनाएका छन् ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी राजकुमार राईले बताए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment