गण्डकी प्रदेशका मन्त्रीद्वय कोरोनामुक्त

११ भदाै, गण्डकी । गण्डकी प्रदेशका दुई मन्त्री कोरोना सङ्क्रमणमुक्त हुनुभएको छ । प्रदेश सरकारका वन, वातावरण तथा भू–संरक्षण मन्त्री दीपक थापा र कृषि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढा दोस्रोपटकको रिपोर्ट नेगेटिभ आएपछि सङ्क्रमणमुक्त हुनुभएको हो ।

सामान्य रुघाखोकी र ज्वरो आएपछि १५ दिनअघि स्वाब सङ्कलन गरी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका मन्त्रीद्वय त्यसपछि होम आइसोलेशनमा बस्नुभएको थियो । सङ्क्रमणमुक्त भएसँगै मन्त्रलायको काममा फर्कने मन्त्रीद्वयका स्वकीय सचिव लोकेन्द्र थापा र प्रेम रोकाहाले जानकारी दिनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment