सुनको मूल्य घट्यो, चाँदी स्थीर

१० भदाै, काठमाडाैँ । सुनको मूल्य बिहीबार नेपाली बजारमा घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला २०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको भाउ तोलाको ९१ हजार १०० रुपैयाँ, तेजावी सुनको भाउ ९० हजार ६०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार २१० रुपैयाँ कायम गरिएको छ ।

बुधबार छापावाला सुन तोलाको ९१ हजार ३०० रुपैयाँ, तेजावी सुन ९० हजार ८०० रुपैयाँ र चाँदी तोलाको १ हजार २१० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबारको तुलनामा बिहीबार सुनको मूल्य घटेपनि चाँदी स्थीर रहेको महासंघले जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessdigital khabarGold & SilvernepalNewsPolitictechnology
Comments (0)
Add Comment