फेसबुकमा नयाँ फिचर, अब फेसबुक एपबाटै भिडिओ र भ्वाइस कल गर्न मिल्ने

०९ भाद्र, काठमाडौं । अब फेसबुक एपबाट सिधै भिडिओ कल र भ्वाइस कल हुने भएको छ । सन् २०१४ मा फेसबुकले भिडिओ कल र भ्वाइस कलका लागि म्यासेन्जर सुरूवात गरेको थियो । उक्त व्यवस्थालाई परिस्कृत गर्दै फेसबुकले फेरि यी फिचर फेसबुकसँगै जोड्न लागेको हो ।

परीक्षणकालका लागि अमेरिकासहित केही देशमा यो सुविधा प्रदान गरिएको छ । फेसबुकमै पुनः कल सुविधा हुने भएपछि म्यासेन्जर एपको प्रयोगमा कटौती आउने अनुमान गरिएको छ ।

फेसबुक र म्यासेन्जर छुट्टाछुट्टै एपहरु थिए, तर २०१४ मा दुई एप मर्ज भएपछि म्यासेन्जर एप फेसबुकको मातहतमा चल्न थाल्यो ।

त्यसपछि फेसबुकका प्रयोगकर्ताहरु म्यासेन्जर एप डाउनलोड गर्न बाध्य भएका थिए । प्राइभेट म्यासेज, भ्वाइस तथा भिडिओ कल आदिका लागि म्यासेन्जर अनिवार्य आवश्यकता बन्यो ।

कम्पनीले फेसबुक एपमा म्यासेन्जर इन्बक्सको सीमित संस्करण जोड्न परीक्षण गरिरहेको छ । म्यासेन्जरमा स्वीच नगरेरै कसरी राम्रोसँग चलाउन सकिन्छ भनेर अझ विस्तारमा अध्ययन भइरहेको कम्पनीले जनाएको छ ।

फेसबुकले म्यासेन्जरलाई एक ‘स्ट्याण्ड-अलोन एप’ को सट्टा सेवाका रुपका लिन थालेको म्यासेन्जरका प्रडक्ट म्यानेजमेन्ट डाइरेक्टर कोनर हेसले जनाएका छन् ।

फेसबुकले गतवर्ष इन्स्टाग्राम र म्यासेन्जरको बीचमा म्यासेजिङ सुरूवात गरेको थियो । यस सुविधालाई ह्वाट्सएपमा पनि विस्तार गर्ने कम्पनीकाे योजना छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

AppbusinessCoronavirusCovid-19digital khabarFacebookhealthLockdowntechnology
Comments (0)
Add Comment