सार्क राष्ट्रका सरकार प्रमुखहरुको बैठक तत्काल आयोजना गर्न प्रधानमन्त्रीलाई आग्रह

०८ भदौ, काठमाडाैं । मानवअधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटी तत्काल दक्षिण एशियाली सहयोग संगठन (सार्क) राष्ट्रका सरकार प्रमुखहरुको भर्चुअल बैठक आयोजना गर्न आग्रह गरेको छ ।नेपाल सार्कको अध्यक्ष भएको नाताले उक्त बैठकको आयोजना गर्नुपर्ने समाजका प्रतिनिधिले बताएका थिए ।

अफगानिस्तानमा तालिबानद्वारा सत्ता कब्जा पश्चात विकसित घटनाक्रमका कारण त्यहाँ फसेका सबै दक्षिण एशियाली नागरिकहरुको उद्धार र सकुशल आ–आफ्नो देश फिर्तीका लागि बैठकको आवश्यकता रहेको समाजले जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा समाजले आणविक अस्त्रको विकास, परिक्षण, उत्पादन-निर्माण, भण्डारण आदिलाई निषेध गरेको आणविक हतियार निषेध सन्धि लाई तत्काल अनुमोदन गर्न आग्रह गरेको छ ।

यसैगरी विश्वव्यापी उष्णता, जलवायु परिवर्तन र हिमालय संरक्षणका सम्बन्धमा समेत ध्यानाकर्षण गराइएको समाजले बताएको छ ।

प्रतिनिधिमण्डलमा समाजका सभापति गोविन्द खनाल, सल्लाहकार होमकान्त चौलागाई, महासचिव रामकृष्ण बराल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्य विष्णु भुषाल र काठमाण्डौ शाखा सभापति ईश्वर पुडासैनी संलग्न रहेका थिए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPoliticSAARCtechnology
Comments (0)
Add Comment