गुणस्तरीय एवं प्रविधिमैत्री शिक्षा उपलब्ध गराउन जया मल्टिपल क्याम्पस र जेनिस क्लाउड एकेडेमीबीच समझदारीपत्रमा हस्ताक्षर

०७ भदौ, काठमाडौं । गुणस्तरीय एवं प्रविधिमैत्री शिक्षा उपलब्ध गराउन जया मल्टिपल क्याम्पस र जेनिस क्लाउड एकेडेमीबीच समझदारीपत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा ०८ माकलबारी स्थित जया मल्टिपल क्याम्पस भएको हो ।

आधुनिक र प्रविधिमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यले जया मल्टिपल क्याम्पस र जेनिस क्लाउड एकेडेमीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा जया मल्टिपल क्याम्पसका क्याम्पस प्रमुख भवानीप्रसाद पौडेल र जेनिस क्लाउड एकेडेमीका कार्यक्रम व्यवस्थापक नीलमणि न्यौपानेले हस्ताक्षर गर्नुभएको छ ।

जया मल्टिपल क्याम्पस र जेनिस क्लाउड एकेडेमीबीच समझदारीपत्रमा हस्ताक्षर कार्यक्रम

समझदारीअनुसार जेनिस क्लाउड एकेडेमीले जया मल्टिपल क्याम्पसका विद्यार्थीहरूका लागि अमेजनले डिजाइन गरेका विषयवस्तु अध्यापन गराउनेछ । साथै उक्त विषयवस्तु अध्ययन गरेका विद्यार्थीलाई इन्टर्नसीप र रोजगारीको व्यवस्थापनको समेत सहजीकरण गर्नेछ ।

अमेजनले तयार गरेको यस विषयवस्तु पूर्णरूपमा अनलाइनबाट अध्यापन गराइनेछ । अमेजनले १०० अमेरिकी डलर बराबरको अभ्यास प्याकेज सुविधा उपलब्ध गराउनेछ । यसको माध्यमबाट विद्यार्थीले क्लाउडसँग सम्बन्धित सम्पूर्ण विषय अध्ययन गर्न सक्ने कार्यक्रममा आयोजकले जानकारी दिनुभयो ।

जया मल्टिपल क्याम्पसमा विभिन्न संकायमा अध्ययनरत विद्यार्थीका लागि अतिरिक्त सीप र शिक्षा प्रदान गर्ने उद्देश्यले यो समझदारी गरिएको क्याम्पस प्रमुख पौडेलले बताउनुभयो । अमेजनले तयार गरेको यो विषयवस्तु अध्ययन गरिसकेपछि विद्यार्थीलाई अन्तर्राष्ट्रिय विश्वविद्यालयसँगको सम्पर्क एवं आवद्धता विस्तार र रोजगारीका लागि सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

‘जया मल्टिपल क्याम्पसले सुलभ रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्ने क्रममा जेनिस क्लाउड एकेडेमीबीच समझदारी गरेको छ,’ उहाँले भन्नुभयो, ‘यस क्याम्पसमा उच्च शिक्षा हासिल गर्ने विद्यार्थीलाई अन्तर्राष्ट्रिय सम्पर्क र पहुँच विस्तारमा हामीले पहल सुरु गरेका छौँ ।’ एडब्लुएस के १२ कोर्स माध्यामिक तहका विद्यार्थीका लागि र एडब्लुएस सर्टिफिकेसन कोर्स स्नातक तहका विद्यार्थीका लागि उपलब्ध गराइनेछ ।

कार्यक्रममा जेनिस क्लाउड एकेडेमीका कार्यक्रम व्यवस्थापक न्यौपानेले भविष्यमा अष्ट्रेलिया, अमेरिका लगायतका विकसित देशका विश्वविद्यालय र कलेजसँग यस कलेजका विद्यार्थीलाई सहज पहुँच स्थापित गर्न समझदारी महत्वपूर्ण कोशेढुङ्गा सावित हुने बताउनुभयो ।

कार्यक्रममा शिक्षा संग सम्वन्धित व्यक्तित्वहरु साथै कलेज प्रशासनका प्रमुख व्यक्तिहरुको उपस्थित भएका थिए । कार्यक्रममा अतिथिहरु तथा विभिन्न मिडियाबाट आएका पत्रकारहरुमा यस जया मल्टिपल कलेका प्रार्चाय भवानी प्रसाद पौडेलले मायाको चिनो दिनुभएको थियो ।

काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा ०८ अवस्थित यस जया मल्टिपल क्याम्पस सहरबाट केही भित्र रहेतापनि पूर्वी ग्रामीण क्षेत्रको प्रतिनिधित्व गर्दै कक्षा ११ देखी स्नातकोत्तर सम्म गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यस क्याम्पसका कोडिनेटर प्रमुख मनाेज धितालले बताउनुभयो । उहाले यस्तो कार्यक्रमले हामीमा थप हौसला थपिएको साथै प्रविधि मैत्री शिक्षामा जोडिन नयाँ तथा अन्य सम्पूर्ण विद्यार्थीहरुमा आग्रह गर्नुभयो ।

यस क्याम्पस सधै गुणस्तर शिक्षामा जोड दिने भएकाले आफ्नो भविस्य सुनौलो बनाउन कक्षा ११ संगै स्नातक तथा स्नातकोत्तर सम्म जोडिन सक्ने कलेज प्रसासन प्रमुख धितालले जानकारी दिनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment