अमेरिकी दूतावासले विद्यार्थी भिसाका लागि अप्वाइन्टमेन्ट संख्या थप्यो

०७ भदाै, काठमाडौं । नेपालस्थिर अमेरिकी दूतावासले विद्यार्थी भिसामा अमेरिका जान चाहनेका लागि अन्तर्वार्ताका लागि समय उपलब्ध गराउने भएको छ ।

कोरोना महामारीका कारण लामो समयदेखि बन्द भएको अन्तरर्वाताको कार्यक्रम शुरु गर्न लागिएको दूतावासको भनाइ छ ।

दूतावासका अनुसार विद्यार्थीले यसका लागि अन्तर्वार्ताको समय छनोट गर्न सक्नेछन् । तर पढाइ हुने शुरु दिन र अन्तर्वार्ताको मितिका बीच १२० दिनभन्दा बढी समय हुन नहुने दूतावासले स्पष्ट पारेको छ ।

अमेरिकामा पढाइ शुरु भइसकेको र अन्तर्वार्ताका कारण जान नपाएका विद्यार्थीहरुका लागि लक्षित गरी दूतावासले यस्तो सुविधा उपलब्ध गराएको हो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarEmbassynepalNewsPoliticUSAVisa
Comments (0)
Add Comment