एनआरएनएम युरोपको उपसंयोजकमा भीम केसीले उम्मेदवारी दिने

०५ भदाै, पोर्चुगल । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को आगामी अक्टोबरमा हुने १०औँ महाधिवेशनमा किस्टानो रोनाल्डोको देश भनेर चिनिने पोर्चुगलबाट युरोपको उपसंयोजकमा भीम केसी (कमल), युवा संयोजक पदमा रोबर्ट लिम्बूले उम्मेदवारी दिने तयारीमा हुनुहुन्छ ।

पोर्चुगलका पूर्वअध्यक्ष भीम केसी डेढ दशकदेखि एनआरएनए अभियानमा सक्रिय रहनुभएको छ । उहाँ एनआरएनए पोर्चुगलको अध्यक्ष, उपाध्यक्ष र सल्लाहकारका रूपमा समेत आफ्नो भूमिका निर्वाह गरिसक्नुभएको छ । एनआरएनएको केन्द्रीयस्तरका विभिन्न समिति र कार्यदलमा रहेर काम गरेको उहाँसँग अनुभव छ । पोर्चुगल र युरोपमा रहेका नेपाली आप्रवासीहरुको हकहित र अधिकार स्थापित गर्न निरन्तर काम गर्दै आउनुभएको छ ।

आप्रवासीसम्बन्धी कानुनमा सरलीकरणको लबिङ गर्दै पोर्चुगलका तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलाई ज्ञापनपत्र पठाउने, पोर्चुगलको संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको संसदीय दलसँगको प्रत्यक्ष भेटघाट र छलफल सहभागी भई नेपाल एवं दक्षिण एशिया क्षेत्रकै आप्रवासीहरु समस्या समाधान गर्न केही हदसम्म भूमिका खेल्नुभएको थियो ।

बाग्लुङको जैमिनी नगरपालिका–२ मा जन्मिएका केसीले शिक्षा र व्यवस्थापनमा स्नातकोत्तर गरी १० वर्षसम्म शिक्षण एवं शिक्षा प्रशासनको उच्च सरकारी तहमा काम गर्नुभएको थियो । केसी हाल विश्वका सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डो जन्मेको पोर्चुगलको सुन्दर टापु मदेइरामा आफ्नै पर्यटन, ट्रान्स्पोर्ट र रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ ।

युरोप क्षेत्रीय संयोजकमा पोर्चुगलका लिम्बूले उम्मेदवारी गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १०औँ विश्व अधिवेशनको नजिकै गर्दा युरोप क्षेत्रीय संयोजकमा पोर्चुगलबाट रोबर्ट लिम्बूले उम्मेदवारी घोषणा गर्नुभएको छ । युवाको नेतृत्व विकास आफ्नो प्रमुख एजेन्डा भएको बताउने लिम्बूले युरोपेली मुलुकमा कार्यरत नेपाली युवाको सीपलाई नेपालका युवासम्म लैजाने र उनीहरुसँगको सहकार्यबाट देशको विकासमा योगदान दिने योजनाका साथ आफ्नो उम्मेदवारी भएको बताउनुभएको छ ।

पछिल्लो समयमा सङ्घको अभियानप्रति युवाहरू चासो नभएको युवा शक्तिलाई एकीकृत गर्दै युवाहरुलाई समेट्न आफूले युवामैत्री कार्यमा विशेष कदम चाल्नेसमेत उहाँले बताउनुभयो । लिम्बू विगत १३ वर्षदेखि पोर्चुगलमा सफल युवा व्यवसायीको छुट्टै पहिचान बनाउँदै आएको छ । उहाँ एनआरएनए पोर्चुगल कार्यसमिति सदस्य, संरक्षक र सल्लाहकारको भूमिका निर्वाह गरिसक्नुभएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment