सत्तरी प्रतिशत मुद्दा फछ्र्यौट

०५ भदाै, फुङ्लिङ । ताप्लेङजुङ जिल्ला अदालतले आर्थिक बर्ष २०७७/०७८ मा ७० प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । कूल ४५२ मुद्दामध्ये ३१३ फछ्र्यौट भएको हो ।

अघिल्लो आवमा जिम्मेवारी सरी आएका १४४ तथा नयाँ दर्ता भएका ३०८ थान गरी ४५२ मुद्दा फछ्र्यौट भएको जिल्ला अदालतका श्रेष्तेदार शम्भुनाथ रेग्मीले जानकारी दिनुभयो ।

चालू आर्थिक बर्षका लागि भने १३९ थान मुद्दा जिम्मेवारी सरी आएकामा १८ महिना नाघेको एउटा, १२ देखि १८ महिना भित्रका आठ, छदेखि १२ महिनाभित्रका ४१ र छ महिना भित्रका ८९ मुद्दा रहेको अदालतले जानाएको छ ।

गत आवमा छ महिना भित्रका १२०, छदेखि १२ महिना भित्रका १५३, १२देखि १८ महिना भित्रका ३५ र १८ महिना नाघेका पाँच गरी कूल ३१३ मुद्दा फछ्र्यौट भएको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment