इस्माइल साब्री याकोब मलेसियाको नयाँ प्रधानमन्त्री नियुक्त

०४ भाद्र, एजेन्सी । निर्वाचन आयोगले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई सनाखतका लागि यही भदौ ९ गते बोलाएको छ । पूर्व उपप्रधानमन्त्री इस्माइल साब्री याकोब शुक्रबार मलेसियाको नयाँ प्रधानमन्त्री नियुक्त हुनुभएको छ ।

मलेसियाका राजा सुल्तान अब्दुल्ला सुल्तान अहमद शाहले इस्माइल सबरीलाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गरेको दरबार श्रोतले जानकारी गराएको छ । संसदको तल्लो सदनमा बहुमतको समर्थन गुमाएपछि उहाँ सोमबार राजीनामा दिएका मुहिद्दिन यासिनको उत्तराधिकारी बन्नुभएको छ ।

एकसट्ठी बर्षीय इस्माइल साब्री युनाइटेड मलायस नेशनल अर्गनाइजेसन (यूएमएनओ) का एक अनुभवी राजनीतिज्ञ हुनुहुन्छ र जुलाईमा उप प्रधानमन्त्री नियुक्त हुनु पूर्व रक्षा मन्त्रीको रूपमा मुहिद्दिनको मन्त्रीमण्डलमा काम गर्नुभएको थियो चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment