माधव नेपाल र महन्थ ठाकुर पक्षलाई निर्वाचन आयोगले भन्यो, ‘सनाखतका लागि भदौ ९ गते आउनु’

०४ भाद्र, काठमाडौं । निर्वाचन आयोगले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई सनाखतका लागि यही भदौ ९ गते बोलाएको छ ।

नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल दुवैलाई भदौ ९ गते विहान ११ बजेदेखि २ बजेभित्र सनाखतका लागि बोलाइएको आयोगले जनाएको छ ।

आयोगका अनुसार त्यो दिन नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पाटीको केन्द्रीय कमिटी सदस्य र सांसदको सनाखत हुनेछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि बुधबार मात्रै माधव नेपाल पक्षले नेकपा (एकीकृत समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन दर्ता गराएको छ ।

त्यस्तै, महन्थ ठाकुर पक्षले पनि लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल दर्ताका लागि आयोगमा निवेदन दर्ता गराएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarelectionElection CommissionhealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment