संविधान र व्यवस्थाको औचित्यमाथि प्रश्नचिह्न, अब बाटो परिवर्तन गरौं : कमल थापा

०३ भदाै, काठमाडाै । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पछिल्लो राजनितिक घटनाक्रमबाट संविधान र व्यवस्थाको औचित्यमाथि पुन: प्रश्न चिह्न खडा भएको बताएका छन्।

पात्र परिवर्तन गरेर प्रवृत्ति सुधार नहुने भएकोले व्यक्ति नभइ व्यवस्था, नेता नभइ निति र चालक नभइ बाटो नै परिवर्तन गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष थापाले संघीयता ,गणतन्त्र र धर्मनिरपेक्षताबारे पुनर्विचार हुनुपर्ने बताए। 

पार्टीको स्थानीय तह निर्बाचन परिचालन समितिले नगर अध्यक्षहरुसँग बिहीबार आयोजित भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले पछिल्लो अध्यादेश प्रकरणले दलिय प्रणालीलाई कमजोर बनाउने र राजनितिक अस्थिरता बढाउने काम गरेको भन्दै सरकारको पछिल्लो कदमको तीव्र आलोचना गरे। 

सत्तारूढ दल कांग्रेस फेरि आत्मघाती र फोहरी बाटोमा हिँडेको उनको आरोप छ। 

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment