विश्व फोटोग्राफी दिवसका अवसरमा रक्तदान

०३ भदाै, काठमाडाैँ । एक सय ८२औँ विश्व फोटोग्राफी दिवसका उपलक्ष्यमा काठमाडौँ फोटोग्राफर सङ्घद्वारा बृहत रक्तदान कार्यक्रम गरिएको छ ।बानेश्वर पिपलबोटस्थित खुला स्थानमा आयोजित कार्यक्रममा १०० फोटोग्राफर र विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकारको सहभागिता थियो । कोभिड–१९ को सङ्क्रमणका कारण रगत नपाएर छटपटाइरहेकाहरूका लागि मानवीय सहयोगस्वरुप कार्यक्रम गरिएको सङ्घका अध्यक्ष मोती बोगटीले बताउनुुभयो ।

सोही अवसरमा आज साँझ राष्ट्रिय फोटो पत्रकार समूहले भर्चुअल माध्यमबाट ‘नेपालमा फोटो पत्रकारिताको वर्तमान अवस्था र मनोवैज्ञानिक चुनौती’ विषयक अन्तक्र्रिया कार्यक्रम आयोजना गर्दैछ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment