राप्तीको ९ वटै वडामा सामुदायिक स्वास्थ्य इकाइ सुरु

तिर्थराज ज्ञवाली

०३ भाद्र, सिसहनिया(देउखुरी दाङ) ।
राप्ती गाउँपालिकाका ९ वटै वडामा स्वास्थ्य इकाइ सुरु भएका छन् ।

बुधवार ३ वटा वडामा सामुदायिक स्वास्थ्य भवनको उद्घाटन संगै दक्ष स्वास्थ कर्मि सहित सेवा सुरु गरिएको हो ।

राप्ती गाउँपालिकाले सबै वडामा स्वास्थ्य इकाइ स्थापना गर्ने लक्ष सहित काम सुरु गरेको ३ वर्ष भित्रै ९ वटै वडामा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरि सर्ब सुलभ स्वास्थ्य सेवा सुरु गरेको छ ।

वडा नं ४का वडा अध्यक्ष विष्णु बहादुर घर्ती क्षेत्री, वडा नं ७ का वडा अध्यक्ष विद्याशरण चौधरी र वडा नं ८ का वडा अध्यक्ष गोकणर् बहादुर राना मगरको अध्यक्षता तथा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यता तथा उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालको विशिष्ट आथित्यतामा तिन वटै स्वास्थ्य भवनको उद्घाटन गरिएको हो ।

नागरिकलाई सर्व सुलभ स्वास्थ्य सेवा दिने उदेश्यका साथ स्वास्थ्य इकाइ भवन बाट सेवा सुरु गरिएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिनु भएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCovid-19Dangdigital khabarhealthLockdowntechnology
Comments (0)
Add Comment