राजधानी न्यूज पब्लिकेसनका अध्यक्ष शेरचनको निधन

०३ भाद्र काठमाडाैं । राजधानी न्यूज पब्लिकेसनका अध्यक्ष एवं संविधानसभा सदस्य महेन्द्र शेरचनको निधन भएको छ । कोरोना संक्रमण भई सशस्त्र प्रहरी अस्पताल, हलचोकमा उपचाररत उनकाे बुधबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

राजधानी न्यूज पब्लिकेसनका संस्थापक अध्यक्ष शेरचन नेपाली मिडिया सञ्चालकको छाता सङ्गठन मिडिया सोसाइटीका अध्यक्ष थिए । उनी सञ्चारमाध्यम सञ्चालकको संस्था मिडिया अलाइन्सको उपाध्यक्ष र विज्ञापन बोर्डका सदस्य थिए । वैदेशिक रोजगार क्षेत्रमा कार्यरत उनी वैदेशिक रोजगार व्यवसायी स‌ंघको संस्थापक अध्यक्ष थिए ।

उनका श्रीमती, तीन छोरा र एक छोरी छन् । राजधानी डेली डटकमका सम्पादक ध्रुव लम्सालले आजै ११ : ०० बजे पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्तिम संस्कार गरिने जानकारी दिए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment