विस्थापित भएर काबुलमा बसेकालाई राष्ट्रसङ्घीय एजेन्सीद्वारा सहयोग

१ भदौ, एजेन्सी । काबुलमा विभिन्न प्रान्तबाट विस्थापित भएर आएका अफगान नागरिकलाई संयुक्त राष्ट्रसङ्घीय सहायता एजेन्सीले सहायता प्रदान गरिरहेको जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय प्रवक्ताले सो कुराको जानकारी दिनुभएको छ । उहाँका अनुसार अफगानिस्तानका विभिन्न प्रान्त तालिबानीले कब्जा गरेपछि अफगानिस्तान र विदेशका कतिपय नागरिक अरु प्रान्तबाट काबुल आइपुगेका छन् ।

उनीहरु र हालै राजधानी काबुल तालिबानले कब्जा गरिसकेपछि उत्पन्न परिस्थितिबाट यहाँ रहेका विभिन्न देशका नागरिक स्वदेश फर्किन विमानस्थल पुगेका छन् ।

आवश्यक मात्रामा उडान हुन नसक्दा हजारौँ नागरिक विमानस्थलमै बसेका छन् । उनीहरुलाई आवश्यक पर्ने खाद्य तथा बस्ने व्यवस्थाका लागि सो एजेन्सीले काम गरिरहेको छ ।

त्यहाँ उपस्थित ठूलो सङ्ख्याका विदेशी नागरिकलाई आवश्यक सहयोग गरिएको संयुक्त राष्ट्रसङ्घीय प्रवक्ता स्टेफेन डुजारिकले बताउनुभएको छ ।

उहाँका अनुसार गत महिनादेखि अफगानिस्तानको हेरात, घज्नी, लागोर प्रान्तबाट पनि ठूलो संख्याका नागरिक यहाँ विस्थापित भएर आएका छन् ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment