भक्तपुर दूधपाटीमा नेपाल बैंकको सेवा सुरु

०१ भदाैँ, भादगाउँ । नेपाल बैंक लिमिटेड कमलविनायक शाखाले दूधपाटीमा आजदेखि सेवा विस्तार गरेको छ । भक्तपुर नगरको पश्चिम भेगका जनताको सेवासुविधालाई ध्यान दिँदैे सेवा विस्तार गरिएको जनाइएको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सेवाको शुभारम्भ गदै स्वदेशी लगानीलार्ई प्रोत्साहन गर्न आग्रह गर्नुभयो । भक्तपुर बहुमुखी क्याम्पसका प्राचार्य डा कृष्णप्रसाद पोखरेलले बैंकको सेवा विस्तारले नगरका पश्चिम भेगका जनताले सरल र सहज रुपमा बैंकिङ सेवा पाउने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल बैंक वाग्मती प्रदेश प्रमुख निरुजा श्रेष्ठले दूधपाटी काउन्टरको विस्तारसँगै भक्तपुरमा तीन शाखा र चार काउन्टरमार्फत सेवा प्रदान गरिरहेको बताउनुभयो ।कार्यक्रममा नेपाल बैंक कमलविनायक शाखाका प्रमुख विष्णुमान भैल र सहायक प्रमुख दीपा पनेरुले भक्तपुरमा थप दुईदेखि तीन शाखा विस्तार गर्ने योजनाका साथ कार्य अघि बढिरहेको जानकारी दिनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

bankbankingbusinessdigital khabarnepalNepal BankNewsPolitictechnology
Comments (0)
Add Comment