शिवम् सिमेन्टको खुद नाफा १ अर्बभन्दा बढी६

 ३२ साउन,काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब ३९ करोड ३७ लाखभन्दा बढी खुद नाफा गरेको छ । सोमवार सार्वजनिक कम्पनीको वित्तीय विवरण अनुसार अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको खुद नाफा १८ दशमलव ४१ प्रतिशत बृद्धि भएको हो ।

अघिल्लो वर्ष यो अवधिसम्म कम्पनीको खुद नाफा रू. १ अर्ब १७ करोड ७० लाखभन्दा बढी थियो । कम्पनीले अघिल्लो वर्षभन्दा गत वर्ष बस्तु विक्रीबाट ६ दशमलव ७३ प्रतिशत बढी रू. ९ अर्ब ६१ करोड ५४ लाख आम्दानी गरेको छ । कुुल आम्दानी अघिल्लो वर्षभन्दा ७ प्रतिशत बृद्धि भई रू. ९ अर्ब ६६ करोड ६ लाखभन्दा बढी भएको छ ।

गत वर्ष कम्पनीको कुल खर्च पनि ४ दशमलव ७७ प्रतिशत बढी रू. ७ अर्ब ९८ करोड ७५ लाख भएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ४० करोड रहेको छ । जगेडा कोष रकम पनि अघिल्लो वर्षभन्दा ६ दशमलव ८० प्रतिशत बढेर रू. ५ अर्ब ३८ करोड ५९ लाखभन्दा बढी कायम भएको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी रू. ३१ दशमलव ६८ र प्रतिशेयर नेटवर्थ रू. २२२ दशमलव ४१ छ । मूल्य आम्दानी अनुपात भने कम्पनीको ४६ दशमलव शून्य २ गुणा छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessdigital khabarLockdownnepalNewstechnology
Comments (0)
Add Comment