गोर्खा भूपू सैनिकको माग सम्बोधन गर्न आग्रह

२ साउन, काठमाडौं । नेकपा (एमाले) का सांसद भीम रावलले गोर्खा भूपू सैनिक आमरण अनशनमा बस्दा उनीहरुको स्वास्थ्य अवस्था बिग्रिरहेकोले त्रिपक्षीय सम्झौता पुनरावलोकन गरी माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भूपू गोर्खाको सम्बन्धमा २०५५ र २०७७ सालमा सरकारलाई महत्वपूर्ण सुझाव दिएको तर त्यसबारेमा अहिलेसम्म जवाफ नआएको बताउनुभयो ।

नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले १० दिनदेखि समान कामको असमान ज्यालालगायतका विषयमा आफ्ना माग राखेर गोर्खा भूपू सैनिक आमरण अनशनमा बसेको हुँदा उनीहरुको कामको योगदानको कदर गर्दैै माग सम्बोधन गर्न सरकारलाई आग्रह गर्नुभयो । सांसद मोहनप्रसाद पाण्डेले पूर्व गोर्खाको शिर उच्च बनाउन भूमिका खेलेको हुनाले उनीहरुको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भाषा परीक्षा पास गरेका नागरिकलाई दक्षिण कोरिया जाने व्यवस्था मिलाउन आग्रह गर्नुभयो । कांग्रेसका रामबहादुर विष्टले अछाममा भारी वर्षाका कारणले विस्थापित भएका परिवारको उद्धार र उपचारमा ध्यान दिन सरकारसँग माग गर्नुभयो । उहाँले पहिरोका कारण बस्ने ठाउँ नै नभएको र गाउँ नै छाडेर जानुपर्ने भएको हुनाले ठूलो समस्या परेको जानकारी गराउँदै पालमा बसेकालाई हातमुख जोड्न धौधौ भएको बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) का गिरिराजमणि पोखरेलले अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भूमि आयोगलाई व्यवस्थित बनाइ भूमिहीन, सुकुम्बासीको समस्याको समाधान गर्नुपर्ने र त्यसका लागि विगतको सरकारले गठन गरेको आयोगले स्थानीय तहसँग मिलेर गरेको कामलाई मान्यता दिन आग्रह समेत गर्नुभयो ।

राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेल र जनता समाजवादी पार्टी (जसपा) का प्रदीप यादवले अफगानिस्तानमा अलपत्र परेका नेपालीको अवस्था सार्वजनिक गर्न सभामुखमार्फत सरकारको ध्यानकर्षण गराउनुभयो ।

नेमकिपाका प्रेम सुवालले वाग्मती सरसफाइ अभियानअन्तर्गत अर्बौ खर्च भए पनि फोहरमैला व्यवस्थापन अहिलेसम्म नभएको बताउनुभयो । उहाँले भू–माफियाले जथाभावी डोजर चलाएर वनजङ्गल, खोलानालासमेत मासेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

एमालेका प्रेमप्रसाद तुलाचनले अफगानिस्तानमा रहेका नेपालीको समस्याबारेमा परराष्ट्र र श्रममन्त्री तत्काल नियुक्ति गरी उनीहरुको उद्धारका लागि काम गर्नुपर्ने माग गर्नुभयो । नेकपा माओवादी केन्द्रका सुरेन्द्रकुमार कार्कीले सरकारले अफगानिस्तानमा रहेका नागरिकको अवस्था पत्ता लगाइ तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । एमालेका महेश बस्नेतले सूर्यबिनायक–धुलिखेल सडक विस्तारका लागि विगतको सरकारले छुट्ट्याएको बजेट सरकारले हटाउन लागेकोप्रति आपत्ति व्यक्त गर्दै उक्त कार्य नगर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।–

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarnepalNewsPolitic
Comments (0)
Add Comment