४ वर्षकी बालिका बलात्कारको आरोपमा युवक पक्राउ

३० साउन,गुल्मी । गुल्मीमा ४ बर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पुरुष पक्राउ परेका छन् ।

जिल्लाको कालीगण्डकी गाउँपालिका–७ भुर्तुङ निवासी ३६ बर्षीय पुरुषले नाबालिकालाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।

आरोपित पुरुषलाई शुक्रबार बेलुकी पक्राउ गरी जिल्ला प्रहरी कार्यालय गुल्मीमा ल्याइएको पाण्डेले बताए । आरोपित पुरुषले साउन २८ गते जबरजस्ती करणी गरेकोे भनी पीडित परिवारले भुर्तुङमा प्रहरी चौकीमा उजुरी दिएको थियो ।

प्रहरीले पीडित नाबालिका र आरोपित पुरुषको नाम गोप्य राखेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment